काठमाडौँ। बाँकेको नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
यस क्याम्पसमा केशरजंग शाहको नेतृत्वमा रहेको अनेरास्ववियुको प्यानल नै विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
स्ववियुको सचिवमा चिरञ्जीवी बुढा र कोषाध्यक्षमा सुरेन्द्र रावल तथा सदस्यहरुमा अमिश बिक, वन्दना थारु, अंकितकुमार यादव, टक्क रोकाया, निरज यादव, राजीव साह, शिशिर सुवेदी र गोपाल आउजी निर्वाचित भएका छन् ।
शाहको प्यानलले नेविसंघ र अखिल क्रान्तिकारीको प्यानललाई पराजित गरेको हो ।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पससँगै नेपालगञ्ज नर्सिङ क्याम्पस र ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुरामा एमाले निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ ।