१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ‘डायलासिस’को परीक्षण सफल

अ+ अ-

तनहुँ । यहाँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मिर्गौलाका बिरामीको उपचारका लागि डायलासिसको परीक्षण सफल भएको छ ।

केन्द्रमा सञ्चालनमा ल्याउन लागिएको डायलासिस सेन्टरमा बुधबार एक बिरामीको डायलासिस परीक्षण गरिएको हो । डायलासिसको उपचार सेवा सञ्चालन गर्न स्वीकृति लिन गरिएको परीक्षण सफल भएको उपचार केन्द्रका कार्यकारी प्रमुख डा रामकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार डायलसिस सेन्टरमा एक बिरामीको डायलासिस सफल भएको हो ।

डा. श्रेष्ठले भने, “स्वास्थ्य विभागबाट डायलासिस सेन्टर सञ्चालनको स्वीकृति लिनका लागि गरिएको परीक्षण सफल भएको छ । विभागबाट अनुगमन तथा निरीक्षणपछि नियमित सञ्चालनका लागि स्वीकृति पाउनेछौँ र स्वीकृति पाउन केही समय लाग्नेछ ।” सेन्टरमा डायलासिस सेवा प्रवाहका लागि सातवटा उपकरण जडान गरिएको र स्वास्थ्य विभागले अनुगमनपश्चात् नियमित सञ्चालन अनुमति पाउने उनले बताए ।

यहाँ डायलासिस सेन्टर सञ्चालनका लागि लायन्स क्लब अफ खैरेनीटार, म्याग्दे र लायन्स क्लब अफ शुक्लागण्डकी सिस्टर्सलगायत संस्थाले सहयोग गरिरहेका छन् । डायलासिस सेन्टर स्थापना भएपछि तनहुँका साथै स्याङ्जा, कास्की, लमजुङ, नवलपुरलगायत जिल्लाका बिरामीले डायलासिस सेवा लिन सहज हुने लायन्स डायलासिस सेन्टर प्रोजेक्टका संयोजक सुजित हिराचनले बताए । 

प्रतिक्रिया दिनुहोस