काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक २.१८ अंकले घटेर २६७९.९६ विन्दुमा अडिएको छ।
यो समयमा ४५ स्क्रिप्सको ५ हजार ७४३ कित्ता सेयर ३७ लाख २१ हजार २२१ रुपैयाँमा खरिदबिक्री भएका छन् । कारोबारमा आएका २१ वटा स्टक्सको मूल्य बढ्दा २१ वटाको घटेको छ । ३ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।