८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार देशमा पर्यटन विस्तारबारे छलफल गरेर पर्यटन मन्त्री पाण्डे स्वदेश फिर्ता

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे जर्मनी, फ्रान्स, थाइल्यान्ड र कम्बोडियाको औपचारिक भ्रमण पूरा गरी फर्किएका छन् ।

भ्रमण क्रममा मन्त्री पाण्डे नेतृत्वको टोलीले सम्बन्धित देशका उच्च अधिकारीसँग भेटवार्ता गरी पर्यटन प्रवर्द्धन, संस्कृति आदानप्रदान, हवाई सेवा विस्तार, जर्मनीमा रहेका ऐतिहासिक हस्तलिखित ग्रन्थ फिर्ता ल्याउने तथा धार्मिक पर्यटन सञ्जाल निर्माण लगायत विषयमा छलफल गरेका थिए ।

उनलाई बर्लिनमा प्यासिफिक एसिया ट्राभल राइटर्स एसोसियसन (पाटवा) ले आयोजना गरेको ‘वल्र्ड टुरिजम एन्ड एभिएसन समिट’ हिमालयन क्षेत्रबाट ‘टुरिज्म मिनिस्टर अफ द इयर’ अवार्ड प्रदान गरिएको थियो ।

भ्रमण क्रममा उनले नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्य सहित विभिन्न साझेदारसँग द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गरेका थिए ।

मन्त्री पाण्डेले जर्मनी र फ्रान्समा पर्यटन व्यवसायी, लगानीकर्ता तथा नेपाली समुदायसँग भेटघाट गरी नेपालमा पर्यटन पूर्वाधार तथा लगानीका सम्भावनाबारे जानकारी गराएका थिए ।

थाइल्याण्ड र कम्बोडियामा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल गर्दै ती देशसँग आपसी सहकार्य विस्तार गर्न पहल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस