काठमाडौँ । कान्तिपुर म्याक्स एचडीले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको सम्पूर्ण खेल प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
कान्तिपुर मिडिया ग्रुपले जनाएअनुसार कान्तिपुर म्याक्स टेलिभिजनले आईपीएलको यस सिजनका सबै ७४ वटै खेल प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।
सन् २००८ बाट सुरु भएको आईपीएल विश्वको धनी क्रिकेट लिगमा पर्दछ । आईपीएलको १८ औं सिजन शनिबार सुरु हुँदै छ । पहिलो दिन कोलकातास्थित इडेन गार्डेन रंगशालामा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्लुरु खेल्दै छन् । फाइनल खेल मे २५ मा इडेन गार्डेनमै हुनेछ ।