८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पीएम कपमा त्रिभुवन आर्मीको छैटौँ जित

अ+ अ-

काठमाडौँ । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा छैटौँ जित निकालेको छ ।

यसअघिको खेलमा मधेश प्रदेशसँग ३ विकेटले पराजित भएको आर्मीले शुक्रबार गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ । 

गण्डकी भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ। पुछारको गण्डकीको सात खेलबाट दुई अंक छ।

गण्डकीले दिएको ११७ रनको मध्यम लक्ष्य आर्मीले २६.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । आर्मीका लागि ओपनर त्रितराज दासले सर्वाधिक ३७ रन बनाए। बसिर अहमद ३२ र सोमपाल कामी १० रनमा नटआउट रहे ।

गण्डकीका चन्द्र पौडेल, विपिन खत्री, सुवास भण्डारी र सुदीप अर्यालले समान एक विकेट लिए।

यसअघि दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको गण्डकीले ३०.३ ओभरमा ११६ रनमा अलआउट भएको थियो ।

गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाए। शाहब आलमले सर्वाधिक पाँच विकेट लिए। कुशल मल्ल र नरेन साउदको नाममा समान दुई विकेट रह्यो।

जितसँगै आर्मीले सात खेलबाट १२ अंक जोडेको छ । प्रतियोगिताबाट बाहिरिसकेको गण्डकी २ अंकसहित पुछारमा छ । जारी प्रतियोगिताको एक मात्र अपराजित टोली नेपाल पुलिस क्लबसँग १४ अंकमा शीर्ष स्थानमा छ।

प्रतिक्रिया दिनुहोस