१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पीएम कपमा चौथो जित दर्ता गर्दै तेस्रो स्थानमा उक्लियो एपीएफ

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा विभागीय टोली एपीएफले चौथो जित दर्ता गरेको छ।

सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हराउँदै एपीएफ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। 

सिद्धार्थनगरस्थित सिद्धार्थ रंगशालामा टस जित्दै पहिले ब्याटिङ गरेको सुदूरले १९१ रन बनाएको थियो। १९२ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले ३६.३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। 

एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। उनले ६८ बलमा ५ चौका प्रहार गरेका हुन्। ओपनरद्वय लोकेश बम र आसिफ शेखले क्रमशः १९ र ३२ रन बनाउँदै पेभेलियन फर्किएका थिए। कप्तान रोहित पौडेल १४ रनमा रन आउट भए। दिपक बोहोराले १६ र सुमित महर्जनले १२ रन बनाए। भुवन कार्की १४ र कमल सिंह ऐरी २ रनमा अविजित रहे। 

सुदूरका लागि बलिङमा शेर मल्ल, विकास आग्री र नारायण जोशीले समान २–२ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४८.५ ओभरमा १९१ रन बनाउँदै अलआउट भएको हो। सुदूरपश्चिम प्रदेशका लागि निश्चल क्षेत्रीले सर्वाधिक ५७ रन बनाए। उनले ९२ बलमा ८ चौका र १ छक्का प्रहार गरे। 

ओपनर प्रकाश पाण्डेले ४२, किरण ठगुन्नाले १२, सुनिल चन्दले १०, शेर मल्लले ११  हेमन्त धामीले १० रन बनाए। सूर्य श्रेष्ठ ३ रनमा अविजित रहे। एपीएफका लागि बलिङमा अमर सिंह रौतेला र कप्तान रोहित पौडेलले समान ३-३ विकेट लिए। भुवन कार्कीले २ र अभिषेक गौतमले १ विकेट लिए। सुदूरपश्चिमको यो पाँचौँ हार हो। सात खेल खेलेको सुदूरले २ जित दर्ता गरेको छ।

प्रतिक्रिया दिनुहोस