६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाका सर्वाधिक अग्ला मानिस जर्ज वेलको निधन

अ+ अ-

अमेरिका । अमेरिकाका सर्वाधिक अग्ला मानिसको निधन भएको छ । नर्थ क्यारोलिनाको डुराममा परिवारसँग बसोबास गर्दै आएका जर्ज वेलको ६७ वर्षको उमेरमा बिहीवार निधन भएको हो । परिवार र आफन्तहरुको साथमा नै उनको निधन भएको समाचारपत्रमा जनाइएको छ ।

वेल सात फिट आठ इन्च अग्ला थिए । के कारणले उनको निधन भएको हो, हालसम्म खुलाइएको छैन । अमेरिकाका राष्ट्रिय र स्थानीय समाचारपत्रहरूले प्राथमिकताका साथ वेलको निधनको समाचार प्रसारण गरेका छन् । अमेरिकन हरर स्टोरीलगायत थुप्रै सिनेमामा भूमिका निर्वाह गरेका कलाकार तथा भर्जिनिया राज्यको नरफोक काउन्टीको प्रहरी उपप्रमुख वेललाई विशाल शरीर भएका भद्र मानिसका रूपमा चिनिन्थे। 

भर्जिनियाको पोर्टस्मथमा १९५७ मा जन्मिएका वेलको नाम गिनिज वल्र्ड रेकर्डमा सन् २००७ मा दर्ता भएको थियो तर तर यसको केही वर्षसम्म अमेरिकाका सर्वाधिक अग्ला मानिसको रूपमा इभोर भोभ्कोभिन्स्कीको नाममा दर्ता भयो । तर सन् २०२१ इभोरको निधन भएपछि अमेरिकाका सर्वाधिक अग्ला व्यक्तिको कीर्तिमान पुन उनमा आएको थियो । 

जन्मँदाखेरि साधारण रूपमै जन्मिएका वेल कक्षा चारमा पढ्दा पाँच फिट अग्ला थिए । ज्यादै तीव्र गतिमा बढ्ने गिगान्टिजम भन्ने हर्मोनको कारण उनको उचाइ बढेको कुरा चिकित्सकहरूले बताएका थिए । १२ कक्षा उत्तीर्ण हुँदासम्म वेलको उचाइ सात फिट ६ इन्च पुगिसकेको थियो । उनले मोरिस व्राउनबाट बास्केटबल पनि खेल्ने गरेको कुरा समाचारपत्रमा जनाइएको छ । लस एन्जल्स ओलम्पिकको समापन समारोहमा पनि उनी सहभागी थिए । 

गिनिज बुकमा विश्वका सर्वाधिक अग्ला व्यक्तिको कीर्तिमान भने ४२ वर्षीय तुर्किस किसान सुल्तान कोसेनको नाममा रहेको छ । सुल्तान ८ फिट २ इन्च अग्लो छन् । 

प्रतिक्रिया दिनुहोस