काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई पहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भएका हाल काठमाडौँ बुढानिकलण्ठ नगरपालिकामा बस्दै आएको ५१ वर्षीय प्रकाश बहादुर सिंह रहेका छन् ।
सिंहले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
सिंह सम्पर्कविहीन भएपछि पीडितले दिएको उक्त उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बुढानिकलण्ठ नगरपालिका-६ सरस्वती कोलोनीबाट बुधबार पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।