धनुषा । लक्ष्मिनीया गाउँपालिका-७ चोकबाट अवैध लागू औषध गाँजा करिब ४ सय ७७ किलो ७४ ग्रामसहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले मकवानपुर घर भएका २४ वर्षीय संजिब स्याङ्तानलाई शुक्रबार बेलुकी पक्राउ गरेको हो ।
जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको म.प्र.०३-००२ ख २५२० नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा ट्रकभित्र ३४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक स्याङ्तानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
स्याङ्तानलाई हाल पक्राउ गरी पहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।