९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेशमा आयोजना बैंकमा योजना जम्मा गरिँदै

अ+ अ-

कटारी । कोशी प्रदेश आयोजना बैंकमा योजना जम्मा गर्न सुरु गरिएको छ । प्रदेश योजना आयोगको संयोजन र प्रदेशका विषयगत मन्त्रालयको सहकार्यमा आयोजना बैंकमा जम्मा गर्न सुरु गरिएको हो । आज उदयपुरको संघीय निर्वाचन क्षेत्र नं २ मा पर्ने स्थानीय तहका पदाधिकारी, सरोकार भएकाहरूलाई आयोजना बैंकबारे अभिमुखीकरण तथा वार्षिक योजना तर्जुमा गोष्ठीमा यस्तो जानकारी दिइएको हो ।

आयोगका सदस्य किशोर थुलुंग राईले पहिलो पटक आयोजना बैंकमार्फत आयोजना संकलन सुरु गरिएको बताए । “बैंकमा जम्मा भएका योजनाको आवश्यकता र औचित्य हेरेर प्राथमिकीकरण गर्दै कार्यान्वयन गरिनेछ । त्यसैका लागि आयोजना बैंक बनाइएको हो”, उनले भने ।

यहाँको निर्वाचन क्षेत्र नं १ मा यसअघि नै आयोजना जम्मा गरिसकिएको छ । हाल प्रदेशका अन्य क्षेत्रमा पनि धमाधम आयोजना संकलन भइरहेका आयोगका उपसचिव कृष्णकुमार न्यौपानेले जानकारी दिए । हाल  जम्मा गरिएका योजना आगामी आर्थिक वर्ष २०८२/८३ देखि २०८६ सम्ममा प्राथमिकताका आधारमा कार्यान्वयनमा लगिने बताए ।

न्यौपानेका अनुसार आयोजना बैंकमा जम्मा हुने योजना प्रदेशले सञ्चालन गर्ने र त्यस्ता आयोजना रु. पचास लाखमाथिका हुनुपर्नेछ । आगामी आर्थिक वर्षमा यस बैंकमा भएका आयोजनालाई मात्रै प्राथमिकीकरणमा राखेर योजना सञ्चालन हुनेछन् ।

कार्यक्रममा प्रदेशका पूर्वकृषि, सहकारी तथा उद्योगमन्त्री रामकुमार खत्रीले अल्पसङ्ख्यक र विगतमा पछि पारिएका समुदायलाई ध्यानमा राखेर आयोजना छनोट गरिनुपर्ने बताए । तीनै तहको सहकार्य र समन्वयमा आयोजना सञ्चालन गर्न सके मुलुकको विकासमा योगदान हुने उनको भनाइ थियो । प्रदेशका पूर्वपर्यटन, वन तथा वातावरणमन्त्री नारायण बुर्जा मगरले योजना लिपिबद्ध गर्दै कार्यान्वयनमा लैजानु महत्त्वपूर्ण काम भएको बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य, स्थानीय तहका पदाधिकारी र सरोकार भएकाहरूको सामूहिक छलफलबाट एक हजारभन्दा बढी आयोजना जम्मा गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस