काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने काँग्रेसका मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक विषय र राजावादीको गतिविधि सम्बन्धी आवश्यक निर्णय हुने बताइएको छ ।