काठमाडौँ । आइतबार दुई संसदीय समितिको बैठक बस्ने भएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको देहायको प्रतिवेदनमाथि छलफल हुनेछ ।
त्यसैगरी, स्वास्थ्य तथा सूचना प्रविधि समितिको दिउँसो १ बजे बस्नेछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने सचिवालयले जनाएको छ ।