३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दलित परिवारमाथिको अत्याचार अन्त्य गर्न माग गरेका छन्।

सिरहाको औरही गाउँपालिका ५ मा महायज्ञ लगाउने नाउँमा एक दलित परिवार दीपक मलिक (डोम) को घर भत्काएर उठीबास लगाएको घटनाले फेरि एक पटक दलित जनसमुदाय माथिको अर्को अत्याचारको घटनालाई उजागर भएको उनले बताएका हुन्।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सिराहा जिल्लाको औरही गाविसमा भएको दलित परिवार विरुद्धको यस अमानवीय घटनाको कडा शब्दमा विरोध र भर्त्सना गर्दछु । साथै त्यस्ता अन्यायमा परेका जनताका पक्षमा त्यहाँका जनप्रतिनिधिहरू किन खडा हुन सकेनन् ? स्थानीय प्रशासनले ती पीडित परिवारको किन रक्षा गर्न सकेन ? म गम्भीर रूपमा उनीहरूमाथि प्रश्न उठाउन चाहन्छु ।’

साथै त्यस जिल्लामा रहेको हाम्रो पार्टीका कार्यकर्ताहरू, अन्य सबै उत्पीडनका विरुद्ध रहेका जनसमुदायहरू, राजनीतिक पार्टीहरू, जनप्रतिनिधिहरू, स्थानीय प्रशासन र प्रहरीलाई समेत उत्पीडित परिवार र जनताको रक्षाका निम्ति दृढतापूर्वक खडा हुन र अन्याय गर्ने दोषीहरूलाई कडा कारबाही गर्न माग गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल गणतन्त्र घोषित भएको पनि १६ वर्ष पुगेको छ । यस्तो अवस्थामा पनि नेपाली समाजमा दलित जनसमुदायप्रति हिन्दुवादी कट्टरतावादीहरूमा रहेको अत्याचारपूर्ण र अमानवीय भेदभाव एउटा महाकलङ्कका रूपमा रहेको यो अर्को उदाहरण हो । नेपाल कुनै एउटा धर्म विशेषको प्रभुत्व रहेको मुलुक होइन । नेपाल एक बहुधार्मिक मुलुक हो । यहाँ सबै धार्मिक र सामाजिक समूहबिच समानता छ । सबैको उत्तिकै सम्मान, मर्यादा र प्रतिष्ठा हुन्छ र हुनुपर्छ ।’

नेपाली समाजमा दलितहरूको सङ्ख्या पनि ३० लाखभन्दा बढी रहेको भन्दै स्थानीय जनप्रतिनिधिहरूले समेत यस्ता सामाजिक कलंकका विरुद्ध दृढ भएर उभिन नसक्नु विडम्बनापूर्ण बनेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस