२५ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाउपाको बैठकमै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको विशेष सम्बोधन

अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठकमा विशेष सम्बोधन गरेका छन्।

दुई पार्टीबीच पार्टी एकताको अन्तिम तयारी चलिरहेको बेलामा रेशम चौधरी संरक्षक रहेको नाउपाको बैठकमा शनिवार पुगेर सम्बोधन गरेका हुन्।

नाउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठ रहेकी छन्। दुवै पक्षबीच पार्टी एकता गर्ने सहमति गरेपछि जनमतका अध्यक्ष राउतले नाउपाको बैठकमा पुगेर सम्बोधन गरेका हुन्।

हामी निर्वाचित भएर आएपछि रेशमजी त्यतिबेला जेलमा हुनुहुन्थ्यो। हामी पटक पटक भेट्न पनि गयौँ, बाहिर निकाल्न कसरी सकिन्छ भनेर हामीले कुराकानी गर्‍यौँ। हामी निर्वाचित भएपछि आएपछि माननीय रञ्जिताजी यही हुनुहुन्छ। गठबन्धनको बैठकमा उहाँहरूले चार सीट छ भन्न हामी हाम्रो १० सीट छ भन्थ्यौँ। उहाँलाई छुटाउनको लागि जहिल्यै पनि आवाज उठाउँथ्यौँ। तपाईँहरूले टीआरसी विधेयक ल्याउन हुने उहाँलाई किन छुटाउन नहुने भन्दै हामी झगडा गर्थ्यौँ। पछि उहाँ निस्किनुभयो। उहाँ जेलमा हुँदा पनि हामीबीच संवाद हुन्थ्यो। म खुलेर भन्छु, त्यतिबेला पनि हामी मिलेर जाऔँ भन्ने कुरा गर्थ्यौँ। हामीलाई थाहा छ हामी एक्लै हिँड्न गर्न सक्दैनौँ। हामी मिलेर गयौँ भने मात्रै हामीले हाम्रो माग पूरा गराउन सक्छौँ। त्यसबेला म कहिलेकाहीँ मात्रै काठमाडौं आउने गर्थे। त्यतिबेला नै एक हुने प्रयास सफल भएन। हामीले त मिलेर जाऔँ भनेर प्रस्ताव गरेका हौँ। हामीले त्यसबेला त्रुटि गर्‍यौँ। हामी त्यतिबेलै मिलेर गएको भए हाम्रो प्रत्यक्षमा १५ समानुपातिकमा १५ गरी ३० सीट त्यसैपनि हुन्थ्यो। त्यसो गर्न सकेको भए अझै जनलहर पैदा हुन सक्थ्यो। त्यसबेला त जनताले कस्तो हुन्छ रु यो राष्ट्रिय पार्टी बन्छ कि बन्दैन केही थाहा नहुँदा पनि भोट दिएको हो नि। यहाँ ३२ सीटले देश चलाइरहेको बेलामा एउटा थारु, मधेसी, दलितको छोराले एउटा इतिहास लेख्न सक्ने अवसर आउन सक्थ्यो। हामीबाट त्यतिबेला त्यो भूल भयो त्यो स्विकार्छौँ। त्यही गल्तीलाई सच्याउनको लागि हामी अहिले यहाँ उपस्थित भएका छौँ। हामीले व्यक्तिगत आकांक्षा राखेर भएन नि। हामीले जनताको अधिकारलाई प्राथमिकतामा राख्नुपर्‍यो। त्यसैले अब मिलौँ भनेर हामी यहाँ आएका छौँ। त्यसका लागि रेशमजी, रञ्जिताजी पनि खटिनुभएको छ। हामी एकदमै सकारात्मक छौँ। यो सबैको सहयोग र सहमतिले नै हुन्छ यो। कसैले कसैको दबाबमा हुँदैन। सबैको सहमतिमा सबैलाई सम्मान गरेरै हुन्छ। हामी त्यो वातावरण बनाउँछौँ। हामी मिल्न लाग्दा देश नै हल्लिएको छ। हामीलाई मिल्न नदिनको लागि अनेक षड्यन्त्र हुनसक्छ। भइराखेका छन् पर्दापछाडि। हामी सचेत भएर अघि बढ्नुपर्छ। हामी राष्ट्रिय शक्तिको रूपमा सम्पूर्ण दलित, उत्पीडित, थारु, मधेसी सबै वर्गको हक अधिकारको लागि सबै जना लागौँ।’

प्रतिक्रिया दिनुहोस