३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्यानमारका बौद्धमार्गीलाई नेपाल भ्रमण निम्तो

अ+ अ-

काठमाडौँ। म्यानमारको यांगुनमा ‘नेपाल-म्यानमार व्यापार तथा पर्यटन एक्स्पो २०२५’ सकिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार एक्स्पोमार्फत बौद्धमार्गी पर्यटकलाई नेपाल भ्रमणको निम्ता दिइएको छ ।

नेपाल र म्यानमारबीच ६५औँ कूटनीतिक सम्बन्ध स्थापित भएको अवसरमा पर्यटन बोर्ड र म्यानमारस्थित नेपाली दूतावासको सहकार्यमा २१-२२ मार्चमा एक्स्पो भएको थियो ।

एक्स्पोमा बौद्ध पर्यटन प्रवर्द्धनसँगै नेपाली पर्यटकीय उत्पादन, सूचना प्रविधि र अन्य वस्तु प्रदर्शन गरिएका थिए ।

एक्स्पोमा नेपालबाट १६ र म्यानमारका ३० पर्यटन कम्पनीले भाग लिएका थिए ।

नेपालले बौद्ध पर्यटन प्रवर्द्धनमा जोड दिँदै म्यानमारका पर्यटकलाई नेपालस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानमार्फत लुम्बिनी भ्रमण गर्न आग्रह गरेको हो ।

म्यानमारलाई बैंकिङ तथा वित्तीय प्रविधि क्षेत्रको विकासका लागि सहयोगी बनाउन नेपाली सूचना प्रविधि क्षेत्रलाई प्रस्तुत गरिएको थियो ।

कार्यक्रम उद्घाटन म्यानमारका संघीयमन्त्री यु टुन ओन, म्यानमारका लागि नेपालका राजदूत हरिशचन्द्र घिमिरे र म्यानमार चेम्बर अफ कमर्सका अध्यक्ष यु ए विनले संयुक्त रूपमा उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा यांगुन क्षेत्रका मुख्यमन्त्री यु शो थिन, सरकारी अधिकारी, दुवै देशका व्यावसायिक प्रतिनिधि, म्यानमारस्थित नेपाली समुदाय तथा पर्यटन क्षेत्रका प्रतिनिधि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस