काठमाडौँ । भन्सार छलीका १९ थान आइफोनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी टोल घर भइ काठमाडौँ-६ ग्राण्डी बसोबास गर्ने २९ वर्षीय मोहमद शाकिव खान छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीबाट १९ थान आइफोन र अन्य ब्राण्डका १० थान गरी २९ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
ती मोबाइलहरू भन्सार छली तथा चोरी पैठारी गरेर ल्याइएको प्रहरीले जनाएको छ । न्यूरोडमा पसल राखी बेचबिखन गर्दै गरेको बेला ती मोबाइलहरू बरामद गरिएको प्रहरीको भनाइ छ ।