काठमाडौँ । काठमाडौँको त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियू निर्वाचन हुने भएको छ ।
निर्वाचन अधिकृत अंगदमणि गौतमले आज सूचनामा चैत १३ गते स्ववियू चुनाव हुने जानकारी गराएका छन् ।
उनका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । यसअघि चैत ५ गते नै चुनाव हुने भनेपछि विवाद र तालाबन्दीका कारण रोकिएको थियो ।
