काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हवाई सेवा विधेयकबारे विज्ञको राय लिन थालेको छ ।
सरकारले ल्याएको विधेयकमा धारणा बनाउनु अघि रास्वपाले विज्ञ र सरोकारवालाहरूको राय लिएको हो ।
सरकारले हालै ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक’ प्रतिनिधिसभामा दर्ता गरेको छ ।
रास्वपाको संसदीय दलको कार्यालय सिंहदरवारमा छलफल जारी छ ।