१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुद्ध सर्किटमा मोनोरेल चलाउनेबारे मुख्यमन्त्री आचार्यद्वारा सांसद चौधरीसँग छलफल

अ+ अ-

काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध सर्किटलाई आपसमा जोड्न मोनोरेल सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधि सभा सदस्य विनोद चौधरीसँग मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा आचार्यले कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई बुद्ध सर्किटमार्फत जोड्न मोनोरेल सञ्चालन गर्न सकिने आधार रहेको बताएका हुन् ।

प्रदेश सरकारले मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने र निजी क्षेत्रलाई आकर्षित गर्ने योजना बनाएको समेत मुख्यमन्त्रीले सांसद चौधरीलाई सुनाए ।

‘प्रदेश सरकारले बुद्ध सर्किटको योजना बनाएको छ , यहाँ मोनोरेल चलाउन सकिन्छ,त्यसका लागि निजी क्षेत्रको साथ खोजिरहेका छौँ,’ मुख्यमन्त्री आचार्यले भने ।

मुख्यमन्त्री आचार्यले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ब्रान्डिङ गरी विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पहिलो गन्तव्य स्थलका रूपमा विकास गर्न प्रदेश सरकारले पहल गरिरहेको समेत बताए । पर्यटन बोर्डमार्फत लुम्बिनीको समग्र विकासलाई जोडेर बृहत् योजना निर्माण गरिने पनि उनले बताए ।

छलफलका क्रममा प्रतिनिधिसभा सदस्य चौधरीले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले स्वरोजगार प्रवर्द्धन, स्वास्थ्य सेवा सुधार, सामाजिक सेवा, पूर्वाधार निर्माण तथा लुम्बिनीको पर्यटन विकासलाई प्राथमिकता दिने गरी योजना समेट्न आग्रह गरे ।

उनले मोनोरेलमा निजी क्षेत्रको लगानी आकर्षित गर्न आफूले पनि पहल गर्ने बताएका मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिए ।

यसअघि एमाले महासचिव शंकर पोखरेल मुख्यमन्त्री हुँदा पनि सरकारले मोनोरेल सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेश गरे पनि कार्यान्वयन भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस