६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्डोनेसिया र फ्रान्ससँग हवाई सम्झौता गर्ने तयारी

अ+ अ-

काठमाडौँ । नेपालले इन्डोनेसिया र फ्रान्ससँग हवाई सम्झौता गर्ने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले यसबारे जानकारी दिएका हुन् । प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक वर्षको कार्यक्रम, योजना र रणनीति सम्बन्धमा जानकारी दिँदै उनले यस्तो जानकारी गराएका हुन् ।

उनले नेपाल र फ्रान्सबीच द्विपक्षीय हवाई सम्झौता र समझदारी पत्र संशोधन कार्य अगाडि बढाएको बताए ।

छलफलमा मन्त्री पाण्डेले नेपाल एयरलाइन्सलाई बलियो बनाउनुको विकल्प नरहेको समेत बताए । नागरिक उड्डयन क्षेत्र प्रभावकारी बनाउन हवाईजहाज खरिद आवश्यक रहेको समेत उनको भनाइ छ ।

नेपाल एयरलाइन्स बलियो हुँदा परिणाम राम्रो आउने उनको भनाइ छ । उनले अहिले स्वदेशी र विदेशीलाई हवाई टिकट मूल्यमा ठूलो असमानता रहेको समेत स्वीकार गरे ।

उनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई निकायमा विभाजन गर्नेसम्बन्धी विधेयक मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको भन्दै अब प्रतिनिधिसभामा प्रस्तुत हुने तयारीमा रहेको जानकारी गराए ।

मन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सञ्चालन सम्बन्धमा मन्त्रिपरिषद्‍बाट कार्य योजना स्वीकृत गराई लागु गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस