काठमाडौँ । सरकारले राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि अर्थमन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो।
सिफारिस समितिमा पूर्व गभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल रहेका छन्।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ सकिँदै छ।