ढाका । देशका पूर्व नेताप्रतिको बफादारीका कारण उत्पन्न भएको पछिल्लो कानूनी समस्यामा बांङ्लादेशको एक अदालतले क्रिकेटर शकिब अल हसनको सम्पत्ति जफत गर्ने आदेश दिएको छ।
शकिब स्वेच्छाचारी पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीका पूर्व सांसद हुन्। हसिनालाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमा हटाइएको थियो र उनी हेलिकप्टरबाट छिमेकी भारत भागेकी थिइन्।
हसिनासँगको उनको सम्बन्धले उनलाई जनताको आक्रोशको निशाना बनायो र विद्रोहको समयमा प्रदर्शनकारीहरूमाथि घातक प्रहरी दमनका लागि हत्या अनुसन्धानको सामना गरिरहेका दर्जनौँ व्यक्तिमध्ये एक उनी पनि एक हुन्।
हाल उनीमाथि तीन लाख डलरभन्दा बढीको चेकहरू बाउन्स गरेको भनी ठगीको आरोपमा मुद्दा चलिरहेको छ।
अदालतले जनवरीमा शकिबको गिरफ्तारीका लागि वारेन्ट जारी गरेपछि राजधानी ढाकाका मजिस्ट्रेटले सोमबार सम्पत्ति जफत गर्ने आदेश दिए।
हसिनाको सरकार पतन हुँदा शकिब क्यानाडामा घरेलु टी-२० क्रिकेट प्रतियोगितामा खेलिरहेका थिए। त्यसयता उनी बांङ्लादेश फर्किएका छैनन्।
बायाँहाते अलराउन्डर शकिबले बांङ्लादेशका लागि ७१ टेस्ट, दुई सय ४७ एक दिवसीय अन्तर्राष्ट्रिय र एक सय २९ टी-२० खेलेका छन्।