काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गरेकामा सरकारलाई धन्यवाद दिएका छन्।
‘भ्रष्टाचारीले सदाचारीलाई कारवाही गरेछ । प्रतिगमनको आगोमा सिंहदरवारले फेरि घिउ थपेछ। धन्यवाद सरकार तिमी पनि प्रतिगामीसँगै सती जाने भयौ, ’किरातीले भनेका छन्।
सरकारले सोमबार (आज) मात्रै घिसिङलाई पदबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।