काठमाडौँ। सरकारले वीरेन्द्र कुमार यादवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फ रिक्त रहेको एक सचिव पदमा यादवलाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरबार विशेष ब्युरोलाई जानकारी दिएका छन्।
राष्ट्रिय योजना आयोगका सचिव मधु कुमार मरासिनी अनिवार्य अवकाशमा गएपछि रिक्त भएको सचिव पदका लागि कर्णाली प्रदेशका कायम मुकायम (कामु) प्रदेश सचिव यादवसहित सहसचिव द्वय चन्द्रकला पौडेल र शोभाकान्त पौडेलको नाम सिफारिस गरिएको थियो।
केही दिन अघि लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले सचिव बढुवाका लागि वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको थियो ।