१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालेनको चेतावनी: ‘एक हप्ताभित्र तलब नदिए सबैलाई टुकुचामा गाडिदिन्छु !’

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले महानगरका सरसफाइ कर्मचारीहरूले तीन महिनादेखि तलब नपाएको भन्दै सरकारप्रति कडा आक्रोश पोखेका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले एक हप्ताभित्र तलब नआए गम्भीर कदम उठाइने चेतावनी दिएका हुन् । 

उनले आफ्नो स्ट्याटसमा लेखेका छन्, “काठमाडौँ महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत ३ महिना देखि तलब पाएका छैनन्, सरकारको दम्भले१ को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन। अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडिदिन्छु१ त्यसपछि हेरौँला तिमीहरूको के के तन्त्र हो !”

बालेनको यो आक्रोशित प्रतिक्रिया काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको विषयमा पटक–पटक उठेका विवादसँग जोडिएको छ।

काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार ठप्प भएको छ। कानुनी व्यवस्थाअनुसार आर्थिक अधिकार प्रमुख प्रशासकीय अधिकृतसँग रहने भएकाले नयाँ अधिकृत नआएसम्म तलब भुक्तानीलगायतका प्रक्रिया रोकिन पुगेको हो । यसले करिब चार हजार कर्मचारी, सरकारी विद्यालयका शिक्षक, सरसफाई कर्मचारी तथा श्रम बैंकका श्रमिकहरू प्रभावित भएका छन्। ठेकेदार भुक्तानी, भौतिक पूर्वाधार निर्माण र सडक मर्मतजस्ता कार्यहरू पनि प्रभावित भएका छन्।

पुरानो बसपार्कस्थित काठमाडौँ टावरको नक्सा विवादपछि मेयर साहले छानविन समिति गठन गरेसँगै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिदामा बसेपछि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी गोविन्दप्रसाद शर्माले सम्हालेका थिए। तर, मेयर बालेन शाह थाइल्यान्ड भ्रमणमा रहेका बेला शर्माले पनि राजीनामा दिएपछि महानगर प्रशासकीय अधिकृतविहीन बनेको हो। बालेनले मन्त्रालयलाई नयाँ प्रमुख प्रशासकीय अधिकृत मागेका थिए । तर मन्त्रालयले भने हाल खटाएका प्रमुख प्रशासकीय अधिकृत कार्यरत नै रहेको भन्दै अर्को प्रमुख प्रशासकीय अधिकृत खटाउन नमिल्ने भन्दै आएको छ । जसबाट समस्या थप जटिल बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस