१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेस सेन्टर नेपालको महाधिवेशन १६ र १७ गते काठमाडौँमा हुने

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन काठमाडौँमा हुने भएको छ ।

केही दिन अघि बसेको सेन्टरको पदाधिकारी बैठकले यही चैत १६ र १७ गते काठमाडौँको थापा गाउँमा रहेको काठमाडौँ ब्यांकेटमा गर्ने निर्णय गरेको हो ।

पदाधिकारी बैठकले गरेका निर्णय सेन्टरले संगठनका पदाधिकारी तथा सदस्य, प्रदेश समिति, जिल्ला समिति र शाखा अध्यक्षलाई परिपत्र गर्दै महाधिवेशनको मिति र स्थलबारे संगठनको केन्द्रीय समितिको बैठकबाट तय गरिएको जानकारी गराएको हो । 

महाधिवेशनको पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तय भएको छ ।

महाधिवेशन सम्पन्न गर्न आवश्यक पर्ने आर्थिक व्यवस्थापनको लागि प्रत्येक प्रदेशका इन्चार्ज, अध्यक्ष, निवर्तमान अध्यक्ष र केन्द्रीय पदाधिकारी सहितको टीमले एक हप्ताको आर्थिक संकलन अभियान चलाउने निर्णय गरेको संगठनका महासचिव सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार महाधिवेशन सम्पन्न गर्न आफ्नै खुट्टामा उभिने योजना कार्यान्वयन गर्न सबै पदाधिकारी तथा केन्द्रीय सदस्यले स्वेच्छीक आर्थिक रकम सहयोग गर्ने निर्णय पनि भएको छ ।

बैठकले लेवी र नवीकरण शुल्क भुक्तानी नभएको अवस्थामा महाधिवेशनमा सहभागी हुन नपाउने व्यवस्थालाई कडाइका साथ लागु गर्ने निर्णय गरेको छ भने महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिले अनिवार्य रूपमा प्रवेश शुल्क बुझाउने व्यवस्थालाई कार्यान्वयन गर्ने निर्णय भएको छ । महाधिवेशनमा केन्द्रीय समिति, प्रदेश समितिका पदाधिकारी, शाखाका अध्यक्ष सहित छनौट भएका प्रतिनिधि गरेर ८५० जना सहभागी हुने जनाइएको छ ।

बैठकले संगठनका पूर्व अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति र संस्थापक खिलबहादुर भण्डारीको संयोजकत्वमा ७ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ । 

महाधिवेशनमा ८ सय भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले २९ सदस्यीय पदाधिकारी सहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ भने १५ सदस्यीय नीति तथा परामर्श समिति, ७ सदस्यीय अनुशासन समिति र ७ सदस्यीय लेखा समिति समेत चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस