काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका छन् । सरकारले गभर्नर सिफारिस समिति गठन गरेसँगै ढुंगानाले राजीनामा दिएका हुन् ।
सरकारले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरिसकेको छ । समितिले गभर्नर पदका लागि मन्त्रीपरिषद्लाई नाम सिफारिस गर्ने र सोही नामहरूमध्येबाट एक जना गभर्नर नियुक्त हुने छन् ।
अहिले गभर्नरका लागि नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी देखि बहालवाला कर्मचारीसम्म, केही बैकर्स र पूर्व अर्थ सचिव तथा योजना आयोगका उपाध्यक्ष समेत दौडधुपमा रहेका छन् ।