३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छ’-वन मन्त्री शाही

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वका सबै मुलुक मिलेर कार्बन उत्सर्जन तत्काल घटाउनुपर्ने बताएका छन् । 

जर्मनीको बर्लिनमा आयोजित ‘पिटर्सबर्ग जलवायु संवाद’लाई सम्बोधन गर्दै पृथ्वीको तापक्रम वृद्धिलाई सन्तुलनमा राख्नुपर्ने, जलवायु वित्त परिचालनलाई तीव्रता दिनुपर्ने जस्ता विषयमा प्राथमिकता दिन अनुरोध गरेको उनको सचिवालयले जनाएको छ ।

मन्त्री शाहीले नेपालले नगन्य कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनका अवसरबाट सबैभन्दा बढी प्रभावित हुनुपरेको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएका थिए। सो अवसरमा उनले नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ बारे जानकारी गराएका थिए ।

विगत १४ वर्षदेखि जर्मन सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तर्राष्ट्रिय सहकार्यको महत्त्वलाई प्रवर्द्धन गर्न ‘पिटर्सबर्ग जलवायु संवाद’ आयोजना गर्दै आएको छ । उक्त संवादमा विशेष गरी जलवायु परिवर्तनको अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, जलवायु कूटनीति, सबैको सहकार्यबाट पृथ्वीको बढ्दो तापक्रमलाई कसरी नियन्त्रण गर्ने, र जलवायु जोखिममा परेका देशहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

जलवायु वार्तामा विशेष भूमिका रहेका देशलाई आमन्त्रित गरिने यस संवादको १५औँ संस्करणमा पहिलो पटक नेपाल सरकारका तर्फबाट वन तथा वातावरण मन्त्री शाही सहभागी भएका हुन् । कार्यक्रममा मन्त्री शाहीसँगै जर्मनीका लागि नेपाली राजदूत शैल रुपाखेती, जलवायु विज्ञ मञ्जित ढकाललगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस