काठमाडौँ । जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् ।
प्रहरी वृत्त, बानेश्वरले बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको थियो । काभ्रेमा पनि उनीविरुद्ध ३ वटा जाहेरी परेको पाइएको प्रहरीले जनाएको छ।
थप विवरण खुल्न बाँकी छ ।