काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकारको वेबसाइट ह्याक भएको छ ।
‘घुद्रा’ नामक रुसी ह्याकरको समूहले हेलो सरकारको वेबसाइट ह्याक गरी कब्जामा लिएको हो ।
ती समूहले आफूलाई फेन्सी बियर्स एपीटी २८’ अन्तर्गत चिनिन्न । साथै यो ह्याकर समूले रुसी सैन्य इन्टेलिजेन्ससँग नजिक भएर काम गरिरहेको दाबी गर्छ ।
ह्याकरले हेलो सरकार वेबसाइटमा राखिएका संवेदनशील डेटाहरू डार्कवेबमा बिक्रीमा राखिदिएका छन् । जसमा ह्यार समूहले एक हजारमा पुरै डेटाबेस र १३ सय डलरमा लाइभ सेल एक्सेस दिने उल्लेख गरेका छन् ।
ह्याकर समूहले भनेका छन्, ‘नेपाल सरकारले हामीसँग सम्पर्क गर्न अस्वीकार गरेका हामी यो सुरक्षा डेटा बिक्री गर्न बाध्य भएका छौँ।’ साथै उक्त पोस्टमा हेलो सरकारको सिस्टमको फाइल मेनेजरको स्क्रिनशट राखिदिएको छ ।