काठमाडौँ । ललितपुरको इमाडोलमा एक जनाको हत्या भएको छ। महालक्ष्मी नगरपालिका-४ ओचु हाइटमा रहेको मन्दिर अगाडि बुधबार राति एक युवकको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले प्रशासनलाई जानकारी दिए।
हत्या भएका व्यक्ति रामेछाप घर भई ओचुहाइट बस्ने ३० वर्षीय रिपक खाती छन भने हत्या गरेको आरोपी सुमन रसाइली पनि रामेछापकै रहेको प्रहरीले जनाएको छ ।
एसएसपी अधिकारीका अनुसार अरोपीले रिपक खातीका बहिनी जिस्काएको विषयमा विवाद थियो । उनले रिपकलाई राति नै मन्दिरमा बोलाएका थिए । चिनजानकै भएकाले रिपक पनि मन्दिरमा आएका थिए । मन्दिरमा आएपछि उनीमाथि खुकुरी प्रहार गरी हत्या गरेको अनुसन्धानमा खुलेको एसएसपी अधिकारीले बताए ।
आरोपी दीपक रसाइलीलाई राति नै इमाडोल प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा जिम्मा लगाएको छ ।