१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ले भने-‘संक्रमणकालीन न्यायमा राजनीति नगरौँ’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउने क्रममा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । उनले पीडितहरूलाई केन्द्रमा राखेर शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित राष्ट्रिय सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले नेपालको शान्ति प्रक्रिया मौलिक ढंगले अगाडि बढेको भन्दै द्वन्द्व पीडितहरूलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्रै शान्ति प्रक्रियालाई दिगो बनाउन सकिने धारणा राखेका छन् ।

द्वन्द्व पीडितहरूलाई केन्द्रमा राखेर संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउनुपर्छ भन्नेमा प्रमुख दलहरुबीच विमती नभएको पनि प्रचण्डले बताए ।

‘अहिले पनि राजनीतिक दलहरुबीच विवादहरू छन् । प्रमुख दलहरू नै पनि कोही सत्तापक्षमा छौँ, कोही प्रतिपक्षमा छौँ, विवाद चलिरहेको छ, सदनमा बहस भइरहेको छ, थुप्रैथुप्रै कुराहरू छ,’ ‘प्रचण्ड’ले भने, ‘तर तमाम विवाद र विमतिका बीच पनि शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्छ भन्नेमा इनप्रिन्सिपल हामी कहिल्यै पनि विवादमा भएनौँ ।’

संक्रमणकालीन न्याय राष्ट्रिय मुद्दा भएको भन्दै उनले यसमा राजनीति गर्नु नहुनेमा जोड दिए ।

कहिले प्राविधिक, कहिले कानुनी, कहिले राजनीतिक समस्याका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न समय लागेको भन्दै उनले यसलाई पनि नेपालको मौलिक विशेषता अनुसार अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

नेपालको शान्ति प्रक्रियालाई अगाडि बढाउनुपर्छ भन्नेमा आफूहरू केन्द्रित भएको बताउँदै ‘प्रचण्ड’ले भने, ‘फौजदारी कानुन जस्तो यो होइन । संक्रमणकालीन न्यायका आफ्नै केही फन्डामेन्टल मान्यताहरू छन् । यो एस र नो जस्तो नभएर केही नर्मस् एण्ड भ्यालु र सम्बन्धित देशको विशेषता अनुसार हेर्नुपर्ने पनि हुन्छ ।’

प्रतिक्रिया दिनुहोस