७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको टिप्पणी-‘१०-१५ हजारका जुलुस सधैँ निस्किन्छन्, भोलि पनि हुने त्यही हो’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) काठमाडौँमा के-के न हुने भनेर त्रास फैलाइएको भन्दै त्यस्तो केही नहुने दाबी गरेका छन् ।

आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तिललाई पहाड बनाउने काम भएको टिप्पणी गरेका छन् ।

भोलि (चैत १५) समाजवादी मोर्चामा संलग्न दलहरूले काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछन् । त्यस्तै, राजावादी समूहले पनि काठमाडौँमै प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

उनले दैनिक १०–१५ हजार मान्छे उपस्थित भएको जुलुस निस्किरहेको भन्दै भोलि पनि त्यही हुने जिकिर गरे ।

‘१० १५ हजारका जुलुस नेपालमा निस्किएको निस्किएकै छन् । तिललाई पहाड बनाइरहनुपर्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा भृकुटीमण्डपमा जुलुस निस्किएर सभा हुन्छ । एउटा कोटेश्वरमा सभा हुन्छ । हुने त्यति हो ।’

यस्ता सभा सधैँ हुने गरेको भन्दै उनले वास्ता नगर्न पनि आग्रह गरे ।

‘यो सभा सधैँ हुने गरेकै छ, भोलि पनि हुने त्यति नै हो । यहाँ एउटा टेरर, त्रास छ । के-के न हुन्छ भनेर । त्यस्तो केही होइन । यस्ता कुराबाट वास्ता नगरेर हाम्रो विकासका काममा अघि बढ्नुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस