काठमाडौँ । सवारी साधनको लाइसेन्सका लागि भोलि भक्तपुरको राधेराधेमा प्रयोगात्मक (ट्रायल) नहुने भएको छ ।
भोलि राजावादी र गणतन्त्रवादी दुवैको छुट्टाछुट्टै शक्ति प्रदर्शनका कारण सम्भावित असहज परिस्थितिलाई ध्यानमा राख्दै ट्रायल रोकिएको हो । कार्यालयले सूचना निकालेर यसबारे जानकारी दिएको छ ।
‘यस कार्यालयबाट जारी हुने सवारी चालक अनुमति पत्रको लागि मिति २०८१ साल चैत १५ गते शुक्रवार सञ्चालन हुने भनिएको ए, के, बी जे १, जे २, जे ४ र १३ को परीक्षा विशेष कारणले सञ्चालन हुन नसक्ने भएको छ । उक्त दिनलाई तोकिएको प्रयोगात्मक परीक्षा चैत १७ र १८ गते हुने छ,’ सूचनामा उल्लेख छ ।
यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरका सूचना अधिकारी जीवनकुमार बस्नेतले भोलि भोलि हुने आन्दोलनका कारण ट्रायल रोकिएको बताएका छन्।
