७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेवा: समुदायले भन्यो-‘राजतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापनाको चलखेल स्वीकार्य छैन’

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाको नेवा: समुदायले संघीयता खारेजी, राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग राखी भएका प्रतिगामी चलखेल स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

नेवा: समुदायका अगुवाहरूले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको पक्षमा रहेको पनि स्पष्ट पारेका छन् ।

नेवा: समुदायका अगुवाहरूले बिहीबार विज्ञप्ति जारी गर्दै आफूहरू गणतन्त्रको पक्षमा रहेको स्पष्ट पारेका हुन् । उनीहरूले पुरानो सामन्ती राजतन्त्रात्मक निरंकुश व्यवस्थाले मुलुकको विविधतालाई मेटाएर नेवा: लगायत अन्य समुदायलाई दमन गरेको स्मरणसमेत गरेका छन् ।

‘नेपाल एक बहुजातीय, बहुभाषिक बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो । पुरानो सामन्ती राजतन्त्रात्मक निरंकुश व्यवस्थाले मुलुकको यस विविधतालाई मेटाएर नेवा: लगायत अन्य समुदायलाई भाषिक, सामाजिक, सांस्कृतिक, आर्थिक रूपमा दमन गरेको सर्वविदितै छ,’ विज्ञप्तिमा उनीहरूले भनेका छन्, ‘उक्त व्यवस्थाको विरुद्ध नेवा: लगायत सम्पूर्ण उत्पीडित आदिवासी जनजाति, मधेसी, दलित, महिला समुदायको सहभागितामा २०६२/०६३ मा भएको दोस्रो जनआन्दोलनले नेपालमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतान्त्रिक व्यवस्था बहाली गरेको हो ।’

नेवा: समुदायका अगुवाहरूले जनतामा रहेको असन्तुष्टिमाथि खेलेर हालैका केही समयदेखि संघीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग राखी प्रतिगामी शक्तिहरू चलमलाउन थालेको पाइएको भन्दै यस्ता गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस