५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वराष्ट्रपति भण्डारी लुम्बिनीमा

अ+ अ-

लुम्बिनी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देहीमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन आज रुपन्देही पुगेकी छन् । 

उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो । 

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले यही चैत १६ गते नगरपालिकाले भैरहवामा आयोजना गर्न लागेको महिला नेतृहरुबीच अन्तरसंवाद कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी प्रमुख आतिथी रहने बताइन् । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पूर्वमन्त्री तथा पार्टी केन्द्रीय सचिव पद्यमा अर्याल र नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)का तर्फबाट पूर्वसञ्चारमन्त्री रेखा शर्मा, नेपाली काँग्रेसका तर्फबाट केन्द्रीय सदस्य गंगा शाहीलाई वक्ताका रूपमा आमन्त्रण गरिएको छ । 

महिला जनप्रतिनिधिहरुबीच कार्यसम्पादनमा आइपरेका समस्या, समाधान, उपलब्धि, भावी सम्भावनालगायतका विषयमा केन्द्रित रहेर अन्तरसंवाद आयोजना गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए ।  

कार्यक्रममा लुम्बिनी प्रदेशका महिला सांसद, स्थानीय तहका महिला प्रमुख, उपप्रमुख, महिला अध्यक्ष, उपाध्यक्ष, महिला वडाध्यक्ष र महिला कार्यपालिका सदस्यलाई आमन्त्रण गरिएको उपप्रमुख अधिकारीले जानकारी दिइन्। 

भैरहवास्थित होटेल भिलासामा आज पूर्वराष्ट्रपति भण्डारीसँग नेकपा (एमाले) का नेता–कार्यकर्ता, सांसदलगायतले भेटघाट गरेका छन् । उनलाई भेट्न सिद्धार्थ भिलासामा एमाले पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी, केन्द्रीय सदस्य खिमलाल भट्टराई, लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल, प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरे, नेताहरू दधिराम खरेल, जिल्ला अध्यक्ष यज्ञ गैरेलगायत पुगेका थियो । 

पूर्वराष्ट्रपति भण्डारी शुक्रबार लुम्बिनीमा एक बौद्ध विहारको शिलान्यास गर्ने कार्यक्रम रहेको सांसद तथा नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् । ।

प्रतिक्रिया दिनुहोस