काठमाडौँ। समाजवादी मोर्चाले तय गरेको प्रदर्शनको समय हेरफेर गरिएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गर्दै प्रदर्शनको समय हेरफेर गरिएको हो ।
एसइई परीक्षा ११ बजेसम्म चल्ने भएकोले समाजवादी मोर्चाले शुक्रबार भृकुटीमण्डपमा हुने प्रदर्शनलाई १२ बजे सारिएको जारी सूचनामा उल्लेख छ ।