७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध षड्यन्त्र गरेको अभियोगमा मुद्दा दायर

अ+ अ-

ढाका । बङ्गलादेशी प्रहरीले पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध अन्तरिम सरकारविरुद्ध षडयन्त्र गरेको आरोपमा नयाँ फौजदारी मुद्दा दायर गरेको शुक्रबार जनाएको छ।

गत अगष्टमा विद्यार्थी नेतृत्वको क्रान्तिमा सत्ताच्युत भएपछि हसिना अहिले छिमेकी मुलुक भारतमा निर्वासित अवस्थामा छिन्। 

पूर्व प्रधानमन्त्री हसिना र उनको अवामी लिग पार्टीका शीर्ष नेता तथा कार्यकर्ता वफादारहरू विरुद्ध धेरै आपराधिक अभियोगहरू जारी गरिएका छन् । हसिना नेतृत्वमा रहँदा सुरक्षा बलहरूले गत वर्षको विद्यार्थी आन्दोलनका समयमा सयौँ प्रदर्शनकारीहरूको हत्या गरेको थियो ।

गत डिसेम्बरमा अवामी लिगका करिब ६०० सदस्यको उपस्थितिमा भएको भर्चुअल बैठकमा हसिनालाई सत्तामा फर्काउने उद्देश्यले ‘बंगलादेशमा गृहयुद्ध छेड्ने’ षड्यन्त्र रचेको प्रहरीले उल्लेख गरेको छ । 

“देशभित्र र बाहिर रहेका अवामी लिग समर्थक धेरैले अन्तिम अवस्थासम्म लडाइँ जारी राख्ने प्रतिबद्धता जनाएका हसिनाविरुद्धको मुद्दामा उल्लेख गरिएको छ । 

प्रहरी प्रवक्ता जसिम उद्दीन खानले एएफपीसँग कुरा गर्दै सुरुमा हसिना र अन्य ७२ जनाविरुद्ध आरोप लगाइएको तर अनुसन्धान अघि बढेसँगै प्रतिवादीको सङ्ख्या बढ्न सक्ने बताए । 

“भर्चुअल मिटिङमा ५७७ जना सहभागी भएका थिए । हामी उनीहरूको भूमिकाबारे अनुसन्धान गरिरहेका छौँ र यदि षडयन्त्रमा संलग्न भएको पाइएमा उनीहरूमाथि मुद्दा चलाइनेछ,” उनले भने । 

यस वर्षको सुरुमा संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयको एक प्रतिवेदनमा हसिनाको सरकारले गत वर्ष सत्तामा टिक्ने प्रयासमा प्रदर्शनकारीहरूमाथि सुनियोजित आक्रमण र हत्याका लागि जिम्मेवार रहेको उल्लेख गरेको थियो।

अहिले नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुसले बङ्गलादेशको नेतृत्व सम्हालिरहेका छन् । 

उनको कामचलाउ सरकारलाई सन् २०२६ को जुनमा हुने नयाँ निर्वाचनअघि लोकतान्त्रिक सुधारको कार्यान्वयन गर्ने जिम्मेवारी दिइएको छ ।  

प्रतिक्रिया दिनुहोस