३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजावादीलाई ‘विप्लव’को चेतावनी : ‘नउचालिनू, पछुताउनुपर्ला’

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजतन्त्र फर्किने सपना देखेर जनतालाई दुःख दिने काम भइरहे सैह्य नहुने चेतावनी दिएका छन् ।

समाजवादी मोर्चाको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । ‘विदेशीको षडयन्त्रमा केही तत्त्वले राजतन्त्रको कुरा गरेका छन्’, उनले भनेका छन्, ‘इतिहास फर्किँदैन । षडयन्त्र हुन्छन् । त्यसप्रति हामी सतर्क र खडा छौँ । कुनै तत्त्व उचालिएर केही हुनेवाला छैन, छुटाउनुपर्ला फेरि ‘ ।’

नेपाली जनतालाई पूर्वराजा ज्ञानेन्द्र जस्तो प्रभुहरूको खाँचो नरहेको उनले बताए । ‘हामीलाई प्रभुहरूको खाँचो छैन । हामीलाई महासामन्तीहरुको् खाँचो छैन । जनतालाई पैतालामुनि धुलो सरह नदेख्ने सामन्तवादी शासकहरूको खाँचो छैन’, उनले भने ।

४०० वर्ष पार गरेर गणतन्त्रमा आइपुगेको उल्लेख गर्दै उनले अगाडि भने, ‘सामन्तवादबाट लादिएर आएका हामीले ठूलो त्याग संघर्ष र बलिदानबाट वर्तमान व्यवस्था प्राप्त गरेका हौँ । यसमा भएका गल्ती सुधार गर्ने हो । अगाडि बढेर जाने हो, पछाडि हट्ने होइन ।’

राजतन्त्रको अन्त्यको समय स्मरण गर्न पनि उनको आग्रह छ ।

१० वर्षे माओवादी सशस्त्र युद्ध, २०६२/६३ को जनआन्दोलन र मधेश आन्दोलनको पृष्ठभूमिमा नेपालबाट राजतन्त्र अन्त्य भएको थियो ।

२८ चैत २०६४ सालमा सम्पन्न संविधान सभाको चुनावबाट निर्वाचित संविधान सभाको पहिलो बैठक (१५ जेठ २०६५) ले नेपालबाट राजतन्त्र अन्त्यको घोषणा गरेको थियो । तर, पछिल्लो समय राजतन्त्र पक्षधर पुनः सलबलाउन थालेका छन् ।

राजतन्त्रको बिदा गर्दै गर्दा जनताले गरेको त्याग अहिले पनि उत्तिकै रहेको उनले बताए ।

त्यसअघि बोल्दै माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले पूर्वराजा ज्ञानेन्द्रले मागे अनुसार बस्ने ठाउँ, सुरक्षा र सुविधा दिइएको ख्याल गर्न आग्रह गरेकी थिइन ।

‘मलाइ बस्न बस्न नागार्जुन चाहियो । मलाई केही गाडी चाहिए । केही सुरक्षा चाहियो भनेर पाएपछि नारायणहिटीबाट शान्तिपूर्ण ढंगले बिदा भएको हो’ भुसालले स्मरण गरिन ।

आफूहरूले शान्तिपूर्ण रूपमा बस्न भनेर छाडिएकोलाई कमजोरी नठान्न उनको चेतावनी छ । पूर्वपञ्चमहरूले विगतमा जस्तै राजा कजाएर खराबी गरेर रहन सकिन्छ भन्ने सोचेको उल्लेख गर्दै उनले त्यस्तो सपना पूरा नहुने बताइन ।

जनतामा निराशा रहेको र तर, त्यो निराशा समाप्त भइसकेको राजतन्त्रको पुनर्स्थापना हुन नसक्ने भन्दै उनले भनेकी छन्, ‘कोही नागरिक दासी हुन तयार छैनन् । प्राप्त समानुपातिक समावेशी अधिकार र पहिचान गुमाउन तयार छैनन् ।’

प्रतिक्रिया दिनुहोस