काठमाडौँ । राजावादीहरूको आन्दोलनले उग्र रूप लिँदा तिनकुने क्षेत्रमा भएको आगलागीबाट एक जनाको मृत्यु भएको छ।
गृह प्रशासन स्रोतका अनुसार आन्दोलनका क्रममा भएको आगलागीमा परेर एक व्यक्तिको ज्यान गएको पुष्टि भएको छ। मृतकको पहिचान र घटनाको थप विवरण भने अझै खुल्न बाँकी छ।
आन्दोलनले हिंसात्मक रूप लिएपछि तिनकुने क्षेत्र पूर्ण रूपमा तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।
स्थानीय प्रशासनले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।