११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजावादीहरूको प्रदर्शन हिंसात्मक भएको मानव अधिकार आयोगको निष्कर्ष

अ+ अ-

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले राजावादीहरूको प्रदर्शन हिंसात्मक भएको निष्कर्ष निकालेको छ ।

आयोगले एक विज्ञप्ति जारी गरी प्रहरीको घेरा तोडी प्रदर्शनकारीहरू बानेश्वरतिर जान खोज्दा आन्दोलन हिंसात्मक बनेको टिप्पणी गरेको हो ।

शुक्रबार राजधानी काठमाडौंमा समाजवादी मोर्चा र राजावादीहरूको छुट्टाछुट्टै आमसभाको कार्यक्रम थियो । आयोगले चारवटा उच्चस्तरीय टोली बनाएर अनुगमन गरेको थियो । अनुगमनको क्रममा राजावादीहरूको आन्दोलन हिंसात्मक देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

प्रदर्शनकारी र सुरक्षाकर्मी बिच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको, व्यक्तिको घरमा ढुंगा हान्ने र आगजनी गर्ने काम भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रदर्शनकारीले तीनकुनेमा सञ्चारमाध्यम, कलेज तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण हुनुका साथै आगो निभाउन हिँडेको दमकल तथा सशस्त्रको गाडीमा समेत ढुंगा प्रहार गरेको भेटिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

अनुगमन गर्न हिँडेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीमाथि समेत प्रदर्शनकारीहरूबाट आक्रमण भएको जनाएको छ ।

प्रहरीले व्यक्तिको निजी आवास प्रयोग गरेर अश्रुग्याँस प्रहार गरेको देखिएको भन्दै आयोगले भीड नियन्त्रणका लागि प्रहरीले पानीको फोहोरा र हवाई फायर गरेको पाइएको जनाएको छ ।

‘कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरूको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न सकिँदैन’ आयोगले विज्ञप्तिमा भनेको छ, ‘यस प्रकारका हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याई कारवाही गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

आयोगले आगामी दिनमा आफ्ना प्रदर्शन र कार्यक्रमहरूलाई शान्तिपूर्ण बनाउन, अधिकारको प्रयोग गर्दा अरूप्रति पर्न जाने असरमा संवेदनशील हुन पनि आयोगले आन्दोलनरत पक्षलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस