७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुर खानेपानी बिबाद: कर्मचारीले मन्त्री यादवलाई भने–‘निमित्त प्रमुख हटाऊ, नभए हाम्रो सामूहिक सरुवा गर’

प्रशासन फलोअप

अ+ अ-

जनकपुरधाम । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरधाममा कार्यरत कर्मचारीहरूले निमित्त आयोजना प्रमुख दीपेन्द्र कुमार साहको ‘स्वेच्छाचारी’ व्यवहार र ‘अनुशासनहीन’ कार्यशैलीविरुद्ध संयुक्त निवेदन दर्ता गरेका छन् । 

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागलाई बोधार्थसहित मन्त्री प्रदीप यादव लाई सम्बोधन गरी लेखिएको निवेदनमा कर्मचारीहरूले साहको पद बदर, सरुवा वा आफूहरूको एकमुष्ट सरुवाको माग गरेका हुन् । 

निवेदनमा उल्लेख गरिएअनुसार, मिति २०८१ मंसिर १९ देखि निमित्त आयोजना प्रमुखको जिम्मेवारी सम्हालेका साहले कार्यालयमा तानाशाही र हैकमवादी शैली अपनाएको आरोप छ । कर्मचारीहरूले उनको व्यवहारले कार्यालयको वातावरण त्रासपूर्ण र असुरक्षित बनेको बताएका छन् । साहले कार्यालयका महत्त्वपूर्ण कागजातहरू जफत गरी आफ्नो निजी निवासमा राख्ने, असम्बन्धित व्यक्तिहरू र बिचौलियाहरूलाई कार्यालयमा भित्र्याउने, कर्मचारीहरूलाई मानमर्दन गर्ने र गैर कानुनी कार्यमा संलग्न भएको आशङ्का व्यक्त गरेका छन् ।

यसअघि विदेह नगरपालिकामा निमित्त प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहँदा पनि साह विवादमा परेका थिए । त्यहाँ उनले स्वेच्छाचारी व्यवहारका कारण झैँ–झगडा र कुटपिटको घटनामा परेको, ८० जना करार कर्मचारीलाई निष्कासन गरेको र केही स्थायी कर्मचारीलाई विभागीय सजाय दिएको घटना समाचारपत्रहरूमा प्रकाशित भएको कर्मचारीहरूले उल्लेख गरेका छन् ।

निवेदनमा साहले विदेह नगरपालिकामा बरबुझारथ नगरेका कारण पीएएमएस एजेन्सी ट्रान्सफर हुन नसकेको र यसले आयोजनाको दैनिक सञ्चालनमा गम्भीर असर परेको उल्लेख छ । कार्यालयमा कलम, फोटोकपी कागज, सरसफाइ सामग्रीजस्ता अत्यावश्यक वस्तुहरू खरिद गर्न नसकिएको, बिल भुक्तानी रोकिएको र मौजुदा सामग्री सकिएपछि कार्यालयको काम ठप्प भएको कर्मचारीहरूको दाबी छ । बरबुझारथको २१ दिने म्याद गुज्रिसक्दा पनि साहले कुनै जिम्मेवारी नलिएको भन्दै उनलाई विभागीय सजायको माग गरिएको छ ।

निमित्त आयोजना प्रमुख साहले कार्यालयका कागजातहरू जफत गरी निजी निवासमा राखेको, असम्बन्धित व्यक्तिहरूको कार्यालयमा भिडभाड गराएको, कर्मचारीहरूलाई “तँ–तिमी“ भन्दै हप्काउने र मानमर्दन गर्ने गरेको, कार्यालयमा भोजभतेर गरी सरकारी स्रोतको दुरुपयोग गर्ने गरेको, सरकारी सवारी साधनको दुरुपयोग र कार्यालय सहयोगीलाई निजी काममा खटाउने गरेको, कानुनी प्रक्रिया बिना अंगरक्षक र स्वकीय सचिव नियुक्त गरेको जस्ता आरोपहरू लगाइएको छ । 

वरिष्ठ कर्मचारीहरूलाई बेवास्ता गरी निमित्त प्रमुखको पद सम्हाल्नु, जुन निजामती सेवा नियमावली २०५० को नियम ४६ विपरीत भएको दाबी उनीहरूले गरेका छन् । 

कर्मचारीहरूले साहको नेतृत्वमा काम गर्ने वातावरण नरहेको भन्दै उनको पद बदर वा सरुवाको माग गरेका छन् । यदि यो सम्भव नभएमा आफूहरू सबैको एकमुष्ट सरुवा गर्न अनुरोध गरेका छन् । निवेदनमा नायब सुब्बा बालबोध कुमार ठाकुरलाई सोधिएको स्पष्टीकरण पत्रको प्रतिलिपि र कार्यालय परिसरमा गरिएको भोजभतेरका पाँच वटा तस्बिर प्रमाणका रूपमा पेस गरेका छन् । 

निवेदनमा १० जना स्थायी कर्मचारी र ७ जना करार कर्मचारीले हस्ताक्षर गरेका छन् । निवेदकहरूमा इन्जिनियर मनोज कुमार दास, अवनिश कुमार यादव, वसन्त गैरे, नायब सुब्बा बालबोध कुमार ठाकुरलगायत छन् भने साक्षीहरूमा कार्यालय सहयोगी र कम्प्युटर अपरेटरहरू समावेश छन् ।

खानेपानी मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र जिल्ला प्रशासन कार्यालय धनुषालाई समेत जानकारी गराइएको छ । कर्मचारीहरूले आफ्नो सम्मानपूर्वक बाँच्न पाउने, स्वतन्त्र रूपमा पेशा गर्न पाउने र सूचनाको हकजस्ता मौलिक अधिकारमा आघात पुगेको भन्दै तत्काल कारबाहीको अपेक्षा गरेका छन् ।

निमित्त आयोजना प्रमुख साहले नायब सुब्बा (ना.सु.) बालबोध कुमार ठाकुरलाई कार्यालयमा उपस्थित नभएको आरोप लगाउँदै स्पष्टीकरण माग गरेपछि पूर्वाग्रहपूर्ण भन्दै सबै कर्मचारीहरू प्रतिवादमा उत्रेका हुन् । 

सम्बन्धित समाचार : खानेपानी आयोजना जनकपुरमा निमित्त हाकिम र कर्मचारीबीचको लफडा सतहमा

सम्बन्धित समाचार: खानेपानी आयोजना जनकपुरमा निमित्त हाकिम र कर्मचारीबीचको लफडा सतहमा

ठाकुरले आयोजनाभित्र गैर कानुनी रूपमा सामग्री खरिद गर्न लगाउने प्रयास भएको, आफ्नो असहमति जनाएपछि धम्कीपूर्ण व्यवहार गरिएको तथा व्यक्तिगत प्रतिशोधका रूपमा स्पष्टीकरण सोधिएको गम्भीर आरोप लगाएका छन् ।

निमित्त आयोजना प्रमुख साहले भने यसलाई राजनीतिक प्रेरित र सुधार बिरोधीहरुको षड्यन्त्र भनेका छन् । आफूले सुधार गर्न खोजेकै कारण केही राजनीतिज्ञ र केही कर्मचारीहरू मिलेर आफूलाई बदनामित गराएर हटाउन लागेको उनको भनाई छ । 

मन्त्री प्रदिप कुमार यादवले भने यो विषयमा आफूलाई केही जानकारी नै नभएको र आफूकहाँ कुनै निवेदन नआएको दाबी गरे । सहसचिवलाई आफूले पठाउने तर त्यसभन्दा मुनिका कर्मचारीबारे सचिवलाई थाहा होला भन्दै पन्छिएका छन् । कर्मचारी खटनपटनदेखि नियुक्ति तथा योजनाहरूमा मन्त्री यादवले विशेष चाँसो राख्दै आएका छन् । 

हेर्नुहोस् यादवलाई दिएको निवेदन

प्रतिक्रिया दिनुहोस