काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो आकस्मिक रूपमा बोलाएको यो बैठक साँझ ८ बजेका लागि तय गरिएको थियो, तर दुई घण्टा ढिलो गरी सुरु भएको छ।
बैठकमा के–के एजेण्डामाथि छलफल भइरहेको छ भन्नेबारे औपचारिक जानकारी अहिलेसम्म सार्वजनिक नभएपनि मुख्यगरी आज राजावादीहरूको आन्दोलनले देशमा सिर्जित पछिल्लो अवस्थालाई लिएर यो आकस्मिक बैठक बोलाइएको बताइएको छ।
आन्दोलनका कारण उत्पन्न सुरक्षा चुनौती र राजनीतिक परिस्थितिको समीक्षा गर्न मन्त्रीहरूबीच गहन छलफल भइरहेको स्रोतको दाबी छ।
सरकारले आन्दोलनको प्रभाव र आगामी कदमबारे ठोस निर्णय लिने अपेक्षा गरिएको छ।