काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै निगरानीमा राखेको छ।
प्रहरीका एक अधिकृतका अनुसार सुवेदीलाई स्वास्थ्य अवस्थाका कारण प्रहरी कार्यालयमा नल्याइएको हो। ‘उहाँको स्वास्थ्य अवस्था कमजोर भएको पायौं,’ ती अधिकृतले भने, ‘हामी अवस्था हेरेर बाँकी निर्णय लिन्छौं।’
सुवेदी काठमाडौँ महानगरपालिका–७ स्थित कुमारीगालमा बस्दै आएका छन्। हाल प्रहरी उनको निवास वरपर परिचालित रहेको छ।