काठमाडौं । राजावादी अभियानमा संलग्न तथा हालै गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई बागबजारस्थित आफ्नै ल फर्मबाट करिब सवा नौ बजे सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
नेपाललाई उनको कार्यकक्षबाट उठाएर प्रहरीले टेकु पुर्याएको एक प्रहरी अधिकारीले बताएका छन् ।
संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा भइरहेको आन्दोलन अराजक बन्दै गएको भन्दै मुख्य नेताहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।