काठमाडौँ । समाजवादी मोर्चाका नेताहरुले राजावादीहरूले आगजनी गरेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् ।
शुक्रबार व्यवस्था उल्टाउने भन्दै सडकमा उत्रिएका राजवादीहरूको समूहले पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै लुटपाट र आगजनी गरेका थिए ।
अनुगमनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेसपा अध्यक्ष महिन्द्र राय यादवसहित एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका नेताहरूले आलोकनगर पुगेर कार्यालयको अनुगमन गरेका हुन् ।

