२७ चैत्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख घिमिरेले भने-‘तीनकुनेको घटना लोकतन्त्रमाथिको प्रहार’

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले गत शुक्रबार तीनकुनेमा प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिलाई लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् ।

सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । छलफलका क्रममा सभामुख घिमिरेले दुई दिनअघि भएको तिनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् ।

यो सम्बन्धमा संसद्‌मा छलफल बहस गर्ने वातावरण बनाउन पनि दलहरूलाई सभामुखले आग्रह गरे । सभामुख घिमिरेले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद् जीवन्त रहेको महसुस गराउन पनि अपिल गरे ।

गत शुक्रबार राजावादीले काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेका थिए । तर, प्रदर्शन नसकिँदै प्रदर्शन स्थल छाडेर उनीहरूले आसपासका निजी घरहरूमा क्षति पुर्‍याए ।

निजी घरमा लगाइएको आगोमा जलेर एक जना पत्रकारको जलेर मृत्यु भयो । अर्का एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।राजावादीहरूले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरे । माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड प्रयास गरे । सन्चो उद्योगमा आगजनी गरे ।

अन्नपूर्ण पोष्टको कार्यालयमा आगजनी गरे । कान्तिपुर मिडिया हाउसको भवनमा आगजनी प्रयास गरे । अन्य मिडिया हाउसमाथि समेत आगजनी र तोडफोड प्रयास गरे । प्रदर्शनका क्रममा ३० जना भन्दा बढी घाइते भएका छन् । यी गतिविधिलाई सभामुख घिमिरेले लोकतन्त्रमाथिको प्रहार भनेका हुन् ।

प्रतिक्रिया दिनुहोस