काठमाडौँ । राजसंस्था पुन:स्थापनाको माग गर्दै जारी आन्दोलनको नेतृत्व अब नेपाल ऋषि जगमान गुरुङले गर्ने भएका छन्।
तीनकुनेमा शुक्रबार भएको राजसंस्था पुन:स्थानाको आन्दोलन हिंसात्मक बनेपछि त्यसको नेतृत्व गरिरहेका नवराज सुवेदीलाई सरकारले नजरबन्दमा राखेपछि राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको नेतृत्व अब गुरुङले गर्ने भएका हुन् ।
संयोजक सुवेदीले आइतबार एक विज्ञप्ति निकाल्दै उक्त जानकारी दिएका हुन् । उनले आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान समेत गरेका छन् ।
