काठमाडौँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित नापी कार्यालयको डिजिटल बोर्ड ह्याक भएपछि कार्यालयले क्षमा मागेको छ ।
कार्यालयको डिजिटल बोर्ड ह्याक गरेर ‘आई लभ यु प्रमिला, आई रियल्ली लभ यु ‘ लेखिएको थियो। नापी कार्यालयले आज एक विज्ञप्ति निकाल्दै डिजिटल बोर्डमा आपत्तिजनक शब्दहरू डिस्प्ले भएको विषयमा छानबिन गर्ने बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नापी कार्यालय आठविसकोटमा रहेको डिजिटल बोर्ड ह्याक गरी नापी कार्यालयको नाम हटाई अनावश्यक शब्दहरू डिस्प्ले भएको हुँदा सो सम्बन्धमा यस नापी कार्यालय आठविसकोटको गम्भीर ध्यानाकर्षण भएको छ, साथै भविष्यमा हुने यस्ता अवाञ्छनीय घटना प्रति नापी कार्यालय सचेत हुने छ । यस विषयमा सेवाग्राही र सर्वसाधारणमा पर्न गएको असुविधा र अन्योल प्रति नापी कार्यालय क्षमा प्रार्थी छ ।’